होमपेज > बुद्ध एयरमार्फत रवि लामिछानेलाई भैरहवा ल्याइँदै, सोमबार कारागार पठाइने

बुद्ध एयरमार्फत रवि लामिछानेलाई भैरहवा ल्याइँदै, सोमबार कारागार पठाइने

बिज्ञापन
बिज्ञापन

काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार बिहान ९ बजे बुद्ध एयर मार्फत भैरहवा ल्याइने भएको छ ।

बिज्ञापन

शुक्रबार बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ परेका लामिछानेलाई गएराति भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो । रवि लामिछानेका सहयोगी अभिनास आचार्यले अहिले ९ बजे बुद्ध एयरबाट भैरहवामा पठाउने जानकारी आएको बताए । रुपन्देही एसपी रञ्जित सिह राठौरले आज ल्याएर जिल्ला प्रहरी कार्यालयमा राखिने र अदालत खुलेपछि जिल्ला कारागार भैरहवा पठाउने बताए ।

बिज्ञापन

आज र भोलि सार्वजनिक विदा छ । त्यस कारणले सोमबारसम्म रवि जिल्ला प्रहरी कार्यालयको हिरासतमा बस्नुपर्ने छ । शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सुप्रिम सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले सो आदेश दिएको हो ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते