होमपेज > मौद्रिक नीतिले निजी क्षेत्रलाई उकास्न सकेन

मौद्रिक नीतिले निजी क्षेत्रलाई उकास्न सकेन

बिज्ञापन
बिज्ञापन

काठमाडौं । चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले ल्याएका प्रावधानले निजी क्षेत्रको मनोबल उकास्न नसकेको नेपाल उद्योग परिसङ्घले जनाएको छ ।

बिज्ञापन

परिसंघले आज प्रेस विज्ञप्ति जारी गर्दै निजी क्षेत्रले गरेको अपेक्षाअनुसार मौद्रिक नीतिका व्यवस्थाहरु आउन नसकेको बताएको हो । ‘निष्क्रिय कर्जामा भइरहेको वृद्धि, उच्च ब्याजदर आदिका कारण बजार अपेक्षित चलायमान हुन नसकि उद्योगी व्यवसायीको आत्मबल कमजोर भएको समयमा राष्ट्र बैंकबाट व्याजदरमा कमि ल्याई बजार चलायमान बनाउने गरी मौद्रिक नीति आउने सबैको अपेक्षा थियो । अर्धवार्षिक समिक्षाले निजी क्षेत्रको मनोबल आशा अनुरुप उच्च गर्न नसकेको हामीले महशुस गरेका छौं’, विज्ञप्तिमा भनिएको छ ।

बिज्ञापन

यद्यपि, मौद्रिक नीतिको समीक्षाले साना तथा मझौला उद्योगलाई भने केही हौसला दिन खोजेको परिसङ्घको भनाइ छ । गत पुस मसान्तसम्म सक्रिय वर्गमा रहेको रू दुई करोडसम्मको कर्जालाई उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनःसंरचना तथा पुनरतालिकिकरण गर्न दिने व्यवस्था सकारात्मक रहेको परिसङ्घको भनाइ छ । साथै सबै ऋणीको कर्जा पुनःसंरचना र पुनरतालिकीकरण गरिनुपर्ने सुझाव दिएको छ ।

‘लामो समय देखिको विषम परिस्थिति, बजारको चर्को ब्याजदर, घट्दो बजार मागलगायत कारणले वित्तीय असन्तुलन भई कर्जाको साँवा तथा ब्याज भुक्तान गर्न नसकिरहेका सम्पूर्ण उद्योग व्यवसायलाई आगामी असार मसान्तभित्र पुनःसंरचना तथा पुनरतालिकिकरण गर्न दिनुपर्ने छ’, परिसङ्घले विज्ञप्तिमार्फत् भनेको छ । यो विषयलाई राष्ट्र बैंकले आगामी निर्देशनबाट सम्बोधन गर्नुपर्ने माग समेत गरेको छ । राष्ट्र बैंकले दैनिक तरलता सुविधा अन्तर्गत ओभरनाइट तरलता सुविधा एक दशमलव पाँच प्रतिशत बिन्दुले कम गरेकामा यसले मुद्रा बजारको ब्याजदरमा केहि कमी ल्याउन सहयोग गर्ने परिसङ्घको बुझाइ छ ।

बिज्ञापन

त्यस्तै, कर्जाको वर्गीकरणमा पुनरावलोकन गर्न र पुँजी सिर्जना गर्ने क्षेत्रमा लगानी बढाउनका लागि केही महत्वपूर्ण व्यवस्था गर्न आवश्यक रहेको परिसङ्घले जनाएको छ । बजारलाई चलायमान बनाइ पुँजीको सिर्जना गर्न साना, मझौलालगायत ठूला उद्योगमा कर्जाको सहज प्रवाह, पुँजी बजार, कमर्सियल हाउजिङ्ग तथा अपार्टमेन्टमा लगानी सहज बनाउन तथा विभिन्न लगानीमा एक सय ५० प्रतिशतसम्म जोखिम कम गर्नुपर्नेलगायतका विषयमा राष्ट्र बैंकले पुरानै प्रावधान कायम राखेको छ ।
अर्धवार्षिक समीक्षा पश्चात् आउने निर्देशनमा उल्लेखित विषयसमेत सम्बोधन गर्न परिसङ्घ पुनः नेपाल राष्ट्र बैंक समक्ष आग्रह गरेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते