स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अन्तिम तयारी भइरहेका बेला रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले तालाबन्दी गरेको छ।
बिज्ञापन
त्रिविका क्याम्पसमा आज स्ववियु नेतृत्व चयनका लागि मतदान हुँदैछ। आरआरमा भने सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेका बेला अनेरास्ववियुले सोमबार मध्यराति ताला लगाएको हो।
बिज्ञापन
क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको दाबी गरेको छ। यसको निष्पक्ष छानबिन गर्न पनि सो सङ्गठनले माग छ। यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ।
निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिएका छन्। सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ।
बिज्ञापन
त्रिविको विश्वविद्यालय क्याम्पसमा पनि आज मतदान हुने छैन। प्रक्रिया केही ढिलो सुरु भएकोले विश्वविद्यालय क्याम्पसमा ८ गते मतदानको मिति तोकिएको छ।








