होमपेज > आठ विकास बैंकद्धारा लाभांश घोषणा, कुन बैंकको कति?

आठ विकास बैंकद्धारा लाभांश घोषणा, कुन बैंकको कति?

बिज्ञापन
बिज्ञापन

हालसम्म ८ वटा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन्। यी बैंकहरुले हाल कायम चुक्ता पुँजीको आधारमा लाभांश दिने निर्णय गरेका हुन्।

बिज्ञापन

हालसम्म लाभांश घोषणा गर्ने विकास बैंकहरुमा ग्रिन डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, शाइन रेसुङगा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र लुम्बिनी विकास बैंक रहेका छन्।

बिज्ञापन

ग्रिन डेभलपमेन्ट बैंकले ६.०५२७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ, जसमा ५.७५ प्रतिशत बोनश शेयर र ०.३०२७ प्रतिशत नगद लाभांश रहनेछ। बैंकले साधारण सभा र लाभांश वितरणका लागि बुक क्लोज मिति तय गरेको छैन। कामना सेवा विकास बैंकले १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ, जसमा ७ प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश रहनेछ।

शाइन रेसुङगा डेभलपमेन्ट बैंकले ८ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। यसमा ३ प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश हुने जनाइएको छ। मितेरी डेभलपमेन्ट बैंकले १०.०८३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। यसमा ९.५०७९ प्रतिशत बोनश शेयर र ०.५००४ प्रतिशत नगद लाभांश रहेको छ।

बिज्ञापन

महालक्ष्मी विकास बैंकले ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ, जसमा ३ प्रतिशत बोनश शेयर र ४ प्रतिशत नगद लाभांश रहनेछ। सांग्रिला डेभलपमेन्ट बैंकले ३.८४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। यसमा ३.६५ प्रतिशत बोनश शेयर र ०.१९ प्रतिशत नगद लाभांश रहेको छ।

गरिमा विकास बैंकले ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ, र यसले बोनश शेयर दिने निर्णय गरेको छैन। लुम्बिनी विकास बैंकले ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ, जसमा ३ प्रतिशत बोनश शेयर र ४ प्रतिशत नगद लाभांश रहनेछ।

ग्रिन डेभलपमेन्ट बैंक बाहेक अन्य सबै बैंकहरुले आफ्नो बुक क्लोज मिति तय गरिसकेका छन् र अधिकांशले साधारण सभा पनि सम्पन्न गरिसकेका छन्।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते