नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य मनोनित भएका छन्। उनलाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मनोनित गरेका हुन्।
बिज्ञापन
निरक केसीको १८ महिने कार्यकाल सकिएपछि उनको स्थानमा आचार्य मनोनित भएका हुन्। आचार्यले महासंघको उद्योग समिति सभापतिको रुपमा काम गरिसकेका छन्। साथै उनले रोजगारदाता परिषदको सहसभापति तथा स्थायी समिति सदस्यसमेत भइसकेका छन्।
बिज्ञापन
आचार्यले अब महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल सम्हाल्ने छन्।








