सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कुपन्डोल, ललितपुर स्थित जननी फर्टिलिटी क्लिनिकबीच सम्झौता भएको छ। सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।
बिज्ञापन
सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले जननी फर्टिलिटी क्लिनिकमा ५ प्रतिशत औषधी छुट, १० प्रतिशत प्याथोलोजि टेस्टर छुट र डाक्टर परामर्शमा ५० प्रतिशतसम्म आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।
बिज्ञापन
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ। विश्वकै प्रतिष्ठित अवार्ड “बैंक अफ द ईयर २०२४” को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअलक्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ।
नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६६ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।








