होमपेज > विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न सकिदैन: प्रधानमन्त्री ओली

विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न सकिदैन: प्रधानमन्त्री ओली

बिज्ञापन
बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा जुलुस निकाल्नुपर्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा नरहेको बताएका छन्।

बिज्ञापन

राजावादीको प्रदर्शनमा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोग भएको प्रति प्रधानमन्त्री ओलीले जुलुस निकाल्न विदेशीको फोटो प्रयोग गर्नुपर्ने अवस्थामा नरहेको टिप्पणी गरेका हुन्।

बिज्ञापन

सोमबार काठमाडौँमा गैरसरकारी संस्था महासंघको ११ औँ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोगको आलोचना भएपछि केपी ओलीले जुलुसमा मान्छे घुसाएको भन्ने तर्क गर्ने गरेको समेत बताए। उनले राजावादीको जुलुस आफूले गराएको र फोटो पनि आफूले राखेको भन्दै कटाक्ष गरे।

प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक, प्रणाली विरोधी र असंवैधानिक कुराहरूमा लाग्ने फुर्सद नभएको र देश बनाउने अभियानमा लागेको बताए। उनले बाह्य अनुदान सहायतामा भर नपरी आफ्नै ढंगले मुलुकको विकासमा लाग्नुपर्ने बताए। बाह्य सहयोग जुनसुकै अवस्थामा रोकिन सक्ने भएकाले अनुदान नआउँदा पनि मुलुक चल्ने गरी आत्मनिर्भर हुने बाटोतर्फ अघि बढ्नुपर्ने उनले धारणा राखे।

बिज्ञापन

प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भएपनि उर्वर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए।

सामाजिक संस्थाले असफलताको मात्र नभई सफलता, आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै उनले विकासको प्रयासमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने स्पष्ट गरे।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते