मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिकाबाट जबरजस्ती करणी मुद्दामा ७ जना किशोरहरू पक्राउ गरेको छ।
बिज्ञापन
घटनामा संलग्न भई पक्राउ परेका आरोपितहरू १८ वर्ष भन्दा मुनीका किशोरहरू भएकाले प्रहरीले उनीहरूको पहिचान गोप्य राखेको छ। मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित वनस्खण्डी मन्दिर माथिको जङ्गलमा जबरजस्ती करणीको घटना भएको जानकारी दिए।
बिज्ञापन
घटनामा पिडित युवतिले २१ फागुनमा प्रहरी कार्यालयमा जाहेरी दिएपछि पीडितको जाहेरीको आधारमा अनुसन्धान गर्ने क्रममा फागुन २२ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ५ जना र २३ गते थप २ जनालाई पक्राउ गरिएको प्रवक्ता अर्यालले जानकारी दिए।
आरोपित किशोरहरूलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट जबरजस्ती करणी कसुर मुद्दामा ५ दिनको म्याद अनुमति लिई अनुसन्धान थालिएको उनको भनाई छ।
बिज्ञापन








