एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा गोविन्द घिमिरे नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको शुक्रवार बसेको बैठकले घिमिरेलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।
बिज्ञापन
बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत घिमिरेलाई बैंक सञ्चालक समितिले ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने भएको हो। हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको दुई कार्यकाल पूरा गरि यही फागुन मसान्तमा बिदा हुने भएपछि घिमिरेलाई बैंकले सीईओमा नियुक्त गरेको हो।
बिज्ञापन
घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर तथा कानूनमा स्नातकसम्मको अध्ययन गरेका छन्। घिमिरे कर्जा तथा ब्रान्च विशेषज्ञका रुपमा बैंकभित्र परिचित छन्। नेपाल बंगलादेश बैंकबाट करियर प्रारम्भ गरेका घिमिरे सन् २००९ देखि एनएमबी बैंकमा कार्यरत छन्।








