होमपेज > आज काठमाडौंका यी स्थानमा पाँच घन्टासम्म विद्युत अवरुद्ध हुने

आज काठमाडौंका यी स्थानमा पाँच घन्टासम्म विद्युत अवरुद्ध हुने

बिज्ञापन
बिज्ञापन

काठमाडौंका विभिन्न स्थानमा शनिबार चारदेखि पाँच घन्टासम्म विद्युत अवरुद्ध हुने भएको छ।

बिज्ञापन

नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको दुइटा फिडर र रत्नपार्क वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गतका क्षेत्रहरुका शनिबार दिउँसो विद्युत अवरूद्ध हुने भएको हो। मातातीर्थदेखि बौथली चोकसम्म कन्डक्टर अपग्रेडिङ कार्यका लागि बलम्मु वितरण केन्द्रको मातातीर्थ फिडर सटडाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ। उक्त फिडर अन्तर्गतको क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसोझ ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

बिज्ञापन

त्यस्तै सतुंगल फिडर अन्तर्गतका कन्चन गेट, बोसीगाउँ, बौथली, सतुङगल चोक लगायतका क्षेत्रमा पनि बिहान ११ देखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। ती क्षेत्रमा पनि कन्डक्टर अपग्रेडिङ कार्यका लागि फिडर सटडाउन गर्नुपर्ने भएको प्राधिकरणले जनाएको छ।

रत्नपार्क वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गत सव स्टेशनबाट ब्रिटिश पर्खाल, फ्रान्सेली राजदूतावास, र्‍याडिसन होटल, भारतीय राजदूतावास, खुर्सानीटार, सांग्रिला होटेल हुँदै महाराजगन्ज वितरण केन्द्रतर्फको क्षेत्रमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

बिज्ञापन

विद्युतीय तार भूमीगत गर्न उक्त फिडर सटडाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ। निर्धारित समय अगाडि नै काम सकिए तोकिएको समयभन्दा अगाडि नै विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते