त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिन कार्यालयमा पनि तोडफोड भएको छ।
बिज्ञापन
रेक्टर कार्यालयमा तोडफोड हुनुअघि डिन कार्यालयमा तोडफोड भएको हो। ‘कार्यकक्षमा तोडफोड भएको छ। कुर्सी उल्टोपाल्टो भएको छ। कागजात छरप्रपट पारिएको छ। सिसा फुटाइएको छ,’ डिन प्रा.डा. शंकर खनालले भने।
बिज्ञापन
डिन खनालका अनुसार उनी त्यतिबेला कार्यकक्षमा थिएनन्। ‘म कार्यालय जाँदै थिए। बाटोमा हुदा कर्मचारीले फोन गरेर तोडफोड भएको जानकारी गराउनु भयो। पुग्दा तोडफोड भइसकेको थियो। कसले फोरेको हो त्यो पहिचान भएको छैन,’ उनले भने। डिन खनाललाई हिजो फिजिक्सका विद्यार्थी आएर परीक्षा सार्न भनेका थिए।
‘उनीहरूले गरेको हो होइन त्यो थाहा छैन। तर हिजो विद्यार्थी आउनु भएको थियो। परीक्षा सर्नुपर्यो भन्नु भएको हो। क्यालेन्डर बिग्रन्छ। स्ववियु चुनावको दिन परीक्षा छैन भनेपछि सहमत भएर जानु भएको हो,’ डिन खनालले भने। तोडफोड हेर्दा विद्यार्थीले गरेजस्तो नलाग्ने खनालले बताए।
बिज्ञापन
‘विद्यार्थीले गरेजस्तो लाग्दैन। विश्वविद्यालयमा यस्तो घटना हुनु दुःखद हो,’ उनले भने। यसअघि आजै त्रिविका शिक्षाध्यक्ष (रेक्टर) प्रा.डा. खड्क केसीको कार्यकक्षमा पनि सोही समूहले तोडफोड गरेका थिए।








