होमपेज > भोलि जनमत पार्टीको सचिवालयको बैठक बस्ने

भोलि जनमत पार्टीको सचिवालयको बैठक बस्ने

बिज्ञापन
बिज्ञापन

फागुन २५ गतेदेखि बस्ने जनमत पार्टीको केन्द्रीय समितिको बैठकका लागि एजेन्डा तय गर्न भोलि सचिवालयको बैठक बस्ने भएको छ ।

बिज्ञापन

महोत्तरीको बर्दिबासमा सचिवालयको बैठक बसेर केन्द्रीय समितिको लागि एजेन्डा तय गर्ने जनमत पार्टीका उपाध्यक्ष ई।दीपक साहले बताए । फागुन २५ गतदेखि सुरु हुने केन्द्रीय समितिको बैठक दुई दिनसम्म चल्नेछ। फागुन २७ गते प्रदेश समन्वय समिति, मधेस प्रदेशको बैठक पनि बस्ने बताइएको छ।

बिज्ञापन

केन्द्रीय समितिको बैठकमा सङ्गठन सम्बन्धी विषयमा विशेष छलफल हुने बताउँदै उपाध्यक्ष साहले हालै सम्पन्न भएको यु ट्वान्टी फोर अभियानको बारेमा पनि समीक्षा हुने बताए। जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । सरकारको काम कारबाहीका बारेमा पनि बैठकले समीक्षा गर्ने बताइएको छ। रेसम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग एकताका लागि जनमत पार्टीको छलफल चलिरहेको छ। त्यसको विषयमा पनि केन्द्रीय समितिको बैठकमा छलफल हुने बताइएको छ।

ती दुई दल बिचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। दुई जना अध्यक्षको बिचमा पटक–पटक छलफल भएको छ। छलफल सकारात्मक रूपमा अगाडि बढिरहेको छ । सो विषयमा केन्द्रीय समितिको बैठकबाट जनमत पार्टी निष्कर्षमा पुग्ने बताइएको छ। उता, जनमत पार्टीसँग एकता गर्ने अन्तिम तयारीमा रहेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ भने त्यसबारे अनविज्ञता प्रकट गरेकी छन्।

बिज्ञापन

उनले एकीकरणका लागि कुनै पनि पार्टीसँग औपचारिक छलफल सुरु नभएको बताइन्।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते