नेपालमा बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले बिवाइडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ।
बिज्ञापन
जुन इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरूले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने यस प्रकारकै पहिलो इभेन्ट हुनेछ। द एभरेष्ट होटलमा आगामी फेब्रुअरी २७ देखि मार्च ४ (फागुन १५ देखि १८) सम्म आयोजना हुने सो इभेन्ट न्यू इनर्जी भेइकल्स ९एनइभिज० र सस्टेनेबल इनोभेसनसँग साक्षात्कार हुने एक महत्त्वपूर्ण अवसर हुने बताइएको छ।
बिज्ञापन
मोबिलिटीको भविष्य सम्बन्धी एक महत्त्वपूर्ण कदमः
बिवाइडी हाई–टेक विक २०२५ एउटा प्रदर्शनी मात्र नभई एउटा ल्यान्डमार्क इभेन्ट हुनेछ, जसले इभी टेक्नोलोजी, एआई इन्टिग्रेसन र न्यू इनर्जी सोलुसनलाई एउटै छानामुनि ल्याउने छ। शिक्षा दिने, संलग्नता बढाउने र प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ डिजाइन गरिएको सो इभेन्ट औद्योगिक व्यवसायी, इभी प्रयोगकर्ता, प्रविधि उत्साही र सामान्य व्यक्ति सबैका लागि पुग्नै पर्ने स्थल हुनेछ।
बिज्ञापन
बिवाइडी हाई–टेक विक २०२५ का लागि टिकट ई–सेवामा उपलब्ध छ। विद्यार्थीलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको सुविधा उपलब्ध छ।








