होमपेज > देश गम्भीर दुर्घटनातर्फ अघि बढ्दै: अध्यक्ष दाहाल

देश गम्भीर दुर्घटनातर्फ अघि बढ्दै: अध्यक्ष दाहाल

बिज्ञापन
बिज्ञापन

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश गम्भीर दुर्घटनातर्फ अघि बढेको र त्यसलाई आफ्नो पार्टी बाहेक कसैले जोगाउन नसक्ने दावी गरेका छन् । जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत मोरङको कानेपोखरीमा मंगलबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले त्यसका लागि आन्दोलनको नेतृत्व गर्नसमेत तयार रहेको बताए ।

बिज्ञापन

‘उमेरले ७० काटे पनि फेरि एउटा ठूलो आन्दोलनको नेतृत्व गर्ने आँट मभित्र छ । तपाईहरूले देख्नु भएको छ, विहानदेखि बेलुकासम्म पूर्वदेखि पश्चिमसम्म हिमालदेखि पहाड तराईसम्म म लगातार जनतालाई अपिल गरेर हिँडिरहेको छु ।’ प्रचण्डले भने, ‘किनकी यो देश दुर्घटनामा पर्दैछ । भविष्यमा म भन्न सक्दिनँ तर यतिबेला माओवादी केन्द्रबाहेक अरु कसैले राजनीतिक परिवर्तनको रक्षा गर्न सक्दैन ।’

बिज्ञापन

उनले जनताले हिजो गरेको भरोसा कायम राख्न नसेको र अहिले आत्मसमीक्षा गरेर आएको भन्दै एकपटक फेरि माओवादीलाई सशक्त बनाइदिन आग्रह गरे । उनले कांग्रेस र एमालेसँगको संगतबाट दुवै पार्टीको रोग अलिअलि सरेकाले आफूहरू विरामी भएको भन्दै जनताले मात्र उपचार गर्न सक्ने भन्दै जागरण अभियान लिएर आएको बताए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते