होमपेज > फागुन १५ सार्वजनिक बिदा

फागुन १५ सार्वजनिक बिदा

बिज्ञापन
बिज्ञापन

मगर दिवसका अवसरमा फागुन १५ गते गुल्मीका सात स्थानीय तहले सार्वजनिक बिदा दिने भएको छ । दुई नगरसहित १२ स्थानीय तह रहेको गुल्मीमा सात वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् । जिल्लाको रेसुंगा नगपालिका, चन्द्रकोट, कालीगण्डकी, सत्यवती, गुल्मीदरबार, मालिका र छत्रकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको जनाएका छन् ।

बिज्ञापन

फागुन ११ गते बसेको कार्यपालिका बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । उक्त दिन गाउँपालिकासहित वडा कार्यालयहरु, स्वास्थ्य संस्था, शिक्षण संस्थालगायत सङ्घ संस्थाहरु बन्द रहने गाउँपालिकाले जनाएको छ । विभिन्न जातजातीहरुको मौलिकता, संस्कृतिलाई संरक्षण गर्नु पालिकाको दायित्व भएको स्थानीय तहहरुले जनाएका छन् ।

बिज्ञापन

यता रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले स्थानीय सरकार जनताको सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो । दिवसहरु मनाउनु राम्रो विषय भएको बताउँदै यसमा पालिका सधैँ साथमा रहेको उहाँको भनाइ छ । बिदा दिएर भन्दा पनि जनतालाई सेवा प्रवाह गर्दै दिवस मनाउनुपर्ने उहाँको तर्क छ । प्रदेश सरकारले निर्माण कानून अनुसार वर्षमा एक दिन मात्र बिदा दिन सक्ने भएकाले यसलाई आफूहरुले कार्यन्वयन गरेको बताउनुभयो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते