होमपेज > सात महिनामा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ व्यापार घाटा

सात महिनामा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ व्यापार घाटा

बिज्ञापन
बिज्ञापन

चालू आर्थिक वर्षको सात महिनामा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ व्यापार घाटा भएको छ ।

बिज्ञापन

भन्सार विभागका अनुसार साउनदेखि माघसम्ममा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ । यस अवधिमा निर्यात १ खर्ब २७ अर्ब २० करोड रुपैयाँमा सीमित रहेको छ । गत आवको तुलनामा आयात १० शून्य दशमलव ९ प्रतिशत, निर्यात ४६ दशमलव ५० प्रतिशत र कूल वैदेशिक व्यापार १३ दशमलव ३० प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ । गत वर्षको तुलनामा वैदेशिक व्यापार १ खर्ब ३१ अर्ब रुपैयाँले बढेको छ । अहिले पनि नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ । माघ मसान्तसम्म भारतबाट ५ खर्ब ९६ अर्ब ३५ करोड रुपैयाँबराबरको आयात भएको छ । निर्यात भने ९८ अर्ब ७५ करोड रुपैयाँको भएको छ । सात महिनामा भारतसँग ४ खर्ब ९८ अर्ब ३४ करोड रुपैयाँ घाटा बेहोरेको हो ।

बिज्ञापन

चीनसँगको मात्र व्यापार घाटा १ खर्ब ९० अर्ब ४४ करोड रुपैयाँ रहेको छ । सात महिनामा चीनबाट १ खर्ब ९२ अर्ब ४५ करोड रुपैयाँबराबरको आयात भएको तथ्यांक रहेको छ । निर्यात भने २ अर्ब रुपैयाँको भएको छ । भारत र चीनपछि व्यापार घाटा रहेका मुलुकहरूमा अर्जेन्टिना, युक्रेन, संयुक्त अरब इमिरेट्स, अस्ट्रेलिया रहेका छन् । नेपालले ३५ वटा मुलुकसँग भने व्यापार नाफा गरिरहेको छ । माघ मसान्तसम्म सबैभन्दा धेरै व्यापार नाफा अफगानिस्तानसँग देखिएको छ । अफगानिस्तानबाट १ करोड २४ लाख रुपैयाँबराबरको आयात भएको छ । यसैगरी, निर्यात भने ५९ करोड ४५ लाख रुपैयाँबराबरको भएको छ । डेनमार्क, रसिया, अस्ट्रिया, नर्वे, माल्दिभ्ससँग पनि व्यापार नाफा उच्च रहेको छ ।

चालू आवको माघ मसान्तसम्म नेपालले कुल ११ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको छ । नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८८ दशमलव ६० प्रतिशत र निर्यातको हिस्सा ११ दशमलव ४० प्रतिशत रहेको छ । व्यापार घाटा गत वर्षको तुलनामा ६ दशमलव २० प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ । भन्सार विभागका अनुसार सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । सात महिनामा २९ अर्ब ४५ करोड रुपैयाँबराबरको डिजेल आयात भएको छ भने २४ अर्ब ५८ करोड रुपैयाँबराबरको पेट्रोल आयात भएको छ । यसैगरी, ६ अर्ब ६१ करोड रुपैयाँबराबरको एलपी ग्यास आयात भएको छ । त्यस्तै, ५ अर्ब ५० करोड रुपैयाँबराबरको विद्युतीय सवारीसाधन र ५ अर्ब ४३ करोड रुपैयाँबराबरका अन्य सवारीसाधन आयात भएका छन् ।

बिज्ञापन

माघ मसान्तसम्ममा ३२ अर्ब ४१ करोड रुपैयाँबराबरको सोयाबिन तेल निर्यात भएको छ । सूर्यमुखी तेलको बीउ तथा तेल निर्यात दोस्रो स्थानमा छ । सूर्यमुखी तेल ६ अर्ब ५७ करोड रुपैयाँबराबरको निर्यात भएको हो । यसैगरी, ६ अर्ब ४६ करोड रुपैयाँबराबरको अलैंची निर्यात भएको छ । ३ अर्ब ८९ करोड रुपैयाँबराबरको कार्पेट, ३ अर्ब १० करोड रुपैयाँबराबरको धागो र ३ अर्ब रुपैयाँबराबरको चिया निर्यात भएको छ । सात महिनामा करिब २ खर्ब रुपैयाँभन्दा बढीको कृषिजन्य वस्तु विदेशबाट आयात भएको भन्सार विभागको तथ्यांक रहेको छ ।

यस अवधिमा ६६ अर्ब २० करोड रुपैयाँबराबरको जनावर र वनस्पतिजन्य बोसो र तेल आयात भएको छ । ३६ अर्ब ३५ करोड रुपैयाँबराबरको खाद्यान्न आयात भएको छ । २५ अर्बको तरकारी, ५ अर्ब ४८ करोड रुपैयाँको आलु, २ अर्ब १३ करोडको प्याज, ६ अर्ब ८१ करोडको लसुन, ३ अर्ब ९७ करोडको दाल, १२ अर्ब ३२ करोडको फलफूल, १६ अर्ब ४२ करोडको कृषिजन्य औद्योगिक कच्चा पदार्थ, ५ अर्ब ४९ करोडको चिया तथा कफी, २ अर्ब ६१ करोड रुपैयाँको चिनी तथा चिनीजन्य कन्फेक्सनरी आयात भएको विभागले जनाएको छ ।

फलाम तथा स्टिलको आयातमा ८० अर्ब ६६ करोड रुपैयाँ बिदेसिएको छ । पशुजन्य तथा वनस्पति तेल र घिउ आयातमा ६६ अर्ब २० करोड रुपैयाँ बिदेसिएको तथ्यांक छ । विद्युतीय मेसिन तथा त्यसको पार्टपुर्जामा ६५ अर्ब ४० करोड रुपैयाँ बिदेसिएको छ । सवारीसाधन आयातमा ५५ अर्ब २१ करोड रुपैयाँ बिदेसिएको भन्सार विभागको तथ्यांक छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते