होमपेज > जीप दुर्घटना, दुई जनाको मृत्यु ५ घाइते

जीप दुर्घटना, दुई जनाको मृत्यु ५ घाइते

बिज्ञापन
बिज्ञापन

बागलुङको बडिगाड गाउँपालिका-९ मा पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्।

बिज्ञापन

सोमबार बडिगाड गाउँपालिका-७ भीमगिठेदेखि वडा नं. ९ दर्लिङको खहरे जाँदै गरेको लु ३ च ५५६९ नं. को पिकअप जीप दर्लिङको सार्किपाटामा दुर्घटना हुँदा निसिखोला गाउँपालिका–७ चोलाङका ७५ वर्षीय खड्क बहादुर कुँवर र ढोरपाटन नगरपालिका(५ नाथुरेकी ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक ९डीएसपी० विजय यादवले बताए।

बिज्ञापन

दुवै जनाको बुर्तिबाङ अस्पतालमा उपचारको क्रममा निधन भएको डीएसपी यादवले बताए। दुर्घटनामा बडिगाड गाउँपालिका–९ का ६३ वर्षीया तेज कुमारी बुढा टाउको गम्भीर घाइते भएकी छिन्। उनलाई बुर्तिबाङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ।

यस्तै बडीगाड गाउँपालिका–९ खहरेकी ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यमकुमारी पौडेल, ३० वर्षीया सिता पौडेल र सवारी चालक बडिगाड गाउँपालिका–९ दर्लिङका २३ वर्षीय हिमाल घर्ती घाइते भएका छन्। घाइते निमसरा बुढा र यम कुमारी पौडेलको अवस्था मध्यम रहेको छभने सिता पौडेल र हिमाल घर्तीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूको बर्तिबाङ अस्पतालमा उपचार भइरहेको डीएसपी यादवले बताए।सवारी चालक घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जीप उकालोमा ब्रेक फेल भई सडकदेखि ५०र६० मिटर तल खसेको प्रहरीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते