कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको मूल्यसूची प्रकाशित गरेको छ।
बिज्ञापन
जसअनुसार आज भारतीय रातो आलुको भाउ घटेर प्रतिकेजी ३१ रुपैयाँ, भारतीय सुकेको प्याज ७३ रुपैयाँ ५० पैसा, डल्ले च्याउ ४२३ रुपैयाँ ३३ पैसा, ब्रोकाउली ३५ रुपैयाँ, पुदीना २७६ रुपैयाँ ६७ पैसा, कालो अंगुर २४० रुपैयाँ र भुई कटहर प्रतिगोटा १६३ रुपैयाँ ३३ पैसा कायम भएको छ ।
बिज्ञापन
यसैगरी तितो करेलाको भाउ बढेर प्रतिकेजी १४५ रुपैयाँ, लौका ५५ रुपैयाँ, घिरौला १२५ रुपैयाँ, रहु माछा ३९३ रुपैयाँ ३३ पैसा, छडी र बचुवा माछा २७६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी ७५ रुपैयाँ, हरियो लसुन ६५ रुपैयाँ र हरियो धनिया ४५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, स्ट्रबेरी भुईऐसेलु प्रतिकेजी ३७६ रुपैयाँ ६७ पैसा, लप्सी ११० रुपैयाँ, अनार ३२६ रुपैयाँ ६७ पैसा, हरियो अंगुर १५३ रुपैयाँ ३३ पैसा र चुकुन्दर ६५ रुपैयाँ कायम भएको छ ।








