होमपेज > सहायक हबल्दारसहित १० प्रहरी एक महिनादेखि सम्पर्कविहीन, ७ दिनभित्र उपस्थित हुन निर्देशन

सहायक हबल्दारसहित १० प्रहरी एक महिनादेखि सम्पर्कविहीन, ७ दिनभित्र उपस्थित हुन निर्देशन

बिज्ञापन
बिज्ञापन

कार्यालयको सम्पर्कमा नरहेका नेपाल प्रहरीका १० जनालाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

बिज्ञापन

प्रहरी महानिरीक्षकको सचिवालयले सार्वजनिक सूचना जारी गरी गैरहाजिर भएका प्रहरीहरुको नामठेगाना सार्वजनिक गरेको छ । र, उनीहरुलाई सात दिनभित्र गैरहाजिर हुनुको कारणसहित हाजिर हुन निर्देशन दिएको छ । अन्यथा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ ।

बिज्ञापन

गैरहाजिर हुनेहरुमा प्रहरी सहायक हबल्दार कृष्ण कार्की लगायत छन् । बागलुङको बागलुङ नगरपालिका ८ घर भएका कार्कीको दरबन्दी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा हो । तर उनी २०८१ पुस २९ गतेदेखि हाजिर भएका छैनन् । यसैगरी प्रहरी जवानहरु मोरङका रन्जित श्रेष्ठ, पाँचथरका विनम ज्ञाङमी, रामेछापकी अस्मी तामाङ, दाङ घोराहीका प्रज्वल घर्ती र प्युठानका रेशम पुन छन् ।

यसैगरी बागलुङका खिमबहादुर केसी, शम्शेर घर्तीमगर र कृष्ण विक तथा बर्दियाका प्रहरी कार्यालय सहयोगी जनकबहादुर गाईन पनि कार्यालयको सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते