होमपेज > ९ वर्षपछि खुल्यो धरहरा, चढ्न पुग्नेको भिड (तस्बिरहरू)

९ वर्षपछि खुल्यो धरहरा, चढ्न पुग्नेको भिड (तस्बिरहरू)

बिज्ञापन
बिज्ञापन

काठमाडौंको सुन्धारास्थित धरहरा २०७२ को महाभूकम्पमा परी क्षतिग्रस्त भएपछि सोही ठाउँमा निर्माण गरिएको अर्को धरहरा आजदेखि सर्वसाधारणका लागि खुलेको छ ।

बिज्ञापन

गएको भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार तत्काल अस्थायी रुपमा असोज ३ गते संविधान दिवसको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको हो । तत्कालका लागि धरहरा प्रवेशमा कुनै शुल्क लगाइएको छैन । २०७२ बैशाख १२ को भूकम्पका कारण ढलेको धरहरा ९ वर्षपछि सर्वसाधारणका लागि खुलेको हो । २०७२ मा ढलेको धरहराकै छेउमा नयाँ धरहरा बनाइएको हो । विसं २०७५ मा सरकारले रमन कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएर पुनर्निर्माण गराएको हो । यसअघि ९ तले रहेको धरहरा २२ तले बनाइएको छ भने लिफ्ट पनि थपिएको छ ।

बिज्ञापन

२०७८ वैशाख ११ पूर्ण रुपमा काम नसकिई त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उद्घाटन गरे पनि निर्माण सम्पन्न हुन नसकेका कारण सञ्चालनमा आउन नसकेको हो । अझै धरहराको २ प्रतिशत जति काम बाँकी रहेको बताइएको छ । निर्माणको केही काम बाँकी रहेकाले तत्काल सरकारले अस्थायी रुपमा सञ्चालनमा ल्याउन लागेको हो ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते