केएमसी ग्रुपका संस्थापकहरूको प्रारम्भिक लगानीमा विश्वप्रसिद्ध अमेरिकी ब्रान्डसँग सहकार्य गरी बेस्ट वेस्टर्न प्लस काठमाडौँ सञ्चालनमा ल्याइएको छ।
बिज्ञापन
यससंगै नेपालको शिक्षा क्षेत्रमा अग्रणी स्थानमा रहेको केएमसी ग्रुपले होटल क्षेत्रमा पनि लगानी विस्तार गरेको छ। यस चारतारे स्तरको चेन होटलले विश्वप्रसिद्ध अमेरिकी ब्रान्ड बेस्ट वेस्टर्न प्लसलाई पहिलो पटक नेपालमा प्रस्तुत गरेको हो। ग्रुपका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र ५०० मिटरको दुरीमा र पशुपतिनाथ मन्दिरको पैदल दुरीमा पिङ्लास्थानमा अवस्थित यस भव्य होटलले पर्यटन व्यवसायका क्षेत्रमा नयाँ आयाम सिर्जना गर्नेछ।
बिज्ञापन
बेस्ट वेस्टर्न प्लस काठमाडौंले नेपाली सांस्कृतिक समृद्धिलाई विश्वस्तरीय विलासितासँग संयोजन गर्दै नवीन अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । पाहुनाहरूलाई मौलिक तथा न्यानो आतिथ्य मार्फत प्रत्येक अनुभवहरु सम्झनलायक हुनेगरी सेवा प्रदान गर्ने लक्ष्य ग्रुपले लिएको छ।
-मुख्य बिशेषताहरु:
बिज्ञापन
प्राइम लोकेशन: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ मन्दिर नजिकै अवस्थित यस होटलबाट काठमाडौंका प्रमुख पर्यटकीय स्थानहरू, सांस्कृतिक धरोहरहरू र व्यावसायिक केन्द्रहरू सम्म सजिलै पुग्न सकिनेछ। डाइनिङ्ग एक्सलेन्स: पाहुनाहरूले दुई उत्कृष्ट रेस्टुरेन्ट र रुफ टफ बारबाट काठमाडौं शहरको मनोरम दृश्यसहित स्वादिष्ट भोजनको अनुभव लिन सक्नेछन्।
मिटिङ्स र इभेन्ट्स: होटलका २ प्रोग्राम हलहरूले १२५० जना सम्मलाई समेट्न सक्छन्। जसमा सम्मेलन, व्यावसायिक कार्यक्रमहरू, र सामाजिक भेलाहरू भव्य रुपमा गर्न सकिन्छ। होटलले कर्पोरेट बैठकहरूका लागि अत्याधुनिक सुविधाहरू प्रदान गर्दछ, स्मार्ट एलईडी स्क्रिनहरू र उच्च गुणस्तरको ध्वनि प्रणालीहरूले सुसज्जित समर्पित हलहरू व्यावसायिक अनुभव सुनिश्चित गर्न सक्षम छन्।
फिटनेस र वेलनेस: पूर्ण रूपमा सुसज्जित फिटनेस सेन्टर, शान्त स्पा र ताजा अनुभूतिको लागि बाहिरी स्विमिङ पुलले पाहुनाहरूलाई आराम र पुनर्ताजगीकरणको अवसर प्रदान गर्दछन्। त्यस्तै, होटलले दिगो विकाशको अभ्यासमा जोड दिएको छ। जसमा ऊर्जा-कुशल प्रणाली र स्थानीय रूपमा उपलब्ध सामग्रीहरू समावेश गरी वातावरणीय प्रभाव कम गर्ने व्यवस्था मिलाएको छ।
७ रोपनी क्षेत्रफल मा अवस्थित यस होटलमा ८४ रुमहरू रहेका छन्, जसमा: ४ सुइट रुम, ७ प्रिमियम रुम, १२ सुपर डिलक्स रुम, ६१ डिलक्स रुम रहेका छन्।
-यस होटेलमा पाहुनाहरूले निम्न सेवा सुविधाहरूको अनुभव गर्न सक्नेछन्:
दुई रेस्टुरेन्टहरू: १ सय ४० पाहुना सेवा क्षमताको सनराइज क्याफे र १ सय ४० क्षमताको ला(भिस्टा रुफटप रेष्टुरेन्ट
दुई बहुउद्देश्यीय हलहरू: ६०० र ६५० को क्षमताका साथ
हेल्थ क्लब, स्पा, स्टिम, र साउना
रूफटप बार
स्विमिङ पुल
लगानी र लक्ष्य :
पब्लिक लिमिटेड कम्पनी अन्तर्गतको यस परियोजनामा १.५ अर्ब नेपाली रुपैयाँ लगानी भएको छ। चाँडै आईपीओमा जाने योजना सहित यो होटलले नेपालको पर्यटकीय सेवाको क्षेत्रमा एक महत्वपूर्ण कोसेढुङ्गा बन्ने विश्वास राखेको छ।
यस होटेलले सेवा प्रदानमा निम्न लक्ष्य रहेको छ:
विनम्र र उत्कृष्ट सेवा, सीप विकास र तलिमद्वारा उत्साही व्यावसायिक मानव संसाधन निर्माण, नेपाल भरका प्रमुख पर्यटकीय र व्यापारिक गन्तव्यहरूमा सेवा विस्तार गर्ने, उल्लेख्य नाफाका लागि अत्याधुनिक अपरेटिङ प्रणाली र प्रविधिको प्रयोग गर्ने।
राष्ट्र सेवाको उद्देश्य:
विशेषत्स् वैदेशिक मुद्रा आर्जन गरि राष्ट्रलाइ टेवा पुर्याउने सेवा भावनाले स्थापित बेस्ट वेस्टर्न प्लस काठमाडौंले निम्न उद्देश्यहरू राखेको छ:
नेपालको मौलिक परम्परा, मूल्यहरू र न्यानो आतिथ्यतालाई पर्वर्द्धन र प्रदर्शन गर्दै नेपालको अन्तरास्ट्रिय स्तरमा प्रतिष्ठा बढाउने
अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्दै र विदेशी मुद्रा संचिति वृद्धि गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने
स्थानीय धरोहर, कला, भोजन र संस्कृतिलाई प्रवर्द्धन गर्दै नेपाली सम्पदा, धरोहर र परम्पराको प्रचार प्रसार गर्ने
वातावरणमैत्री अभ्यासहरू अपनाउँदै दीगो पर्यटन प्रवर्द्धन गर्ने
नवीन र उच्चतम सेवाको मापदण्ड कायम राख्दै आतिथ्य सेवामा उत्कृष्टता प्रदान गर्ने।
बेस्ट वेस्टर्न होटल्स एण्ड रिसोर्ट्स र ट्राभियालिटीबारे
बेस्ट वेस्टर्न होटल्स एण्ड रिसोर्ट्स एक विश्वव्यापी होटल सञ्जाल हो। जसले उत्कृष्ट सेवाका साथ समृद्ध विराशत बोकेको छ। बेस्ट वेस्टर्नको १९ किसिमका ब्रान्डहरूले १०० भन्दा बढी देशहरूमा ४,८०० भन्दा बढी होटल तथा रिसोर्टहरुले हरेक अतिथिको आवश्यकता अनुरूपको विविध आतिथ्य आवास सेवा तथा सुविधा प्रदान गर्दछन्।
नेपालमा बेस्ट वेस्टर्न होटल्सका लागि प्रमुख रणनीतिक साझेदार ट्राभियालिटीले नेपालको आतिथ्य क्षेत्रमा होटेल व्यवस्थापन, सम्पत्ति व्यवस्थापन प्रणाली (PMS), च्यानल प्रबन्धक, र सहज ओटीए एकीकरण मार्फत नवीन परिवर्तन ल्याउँदैछ। ट्राभियालिटीले ६२ वटा होटेलहरुको अन्तर्राष्ट्रिय सञ्जाल व्यवस्थापन गर्दैछ।
दुबै संस्थाहरुले नेपाललाई साउथ एशियाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्दै विश्वस्तरीय होटेल सेवाको अनुभव प्रदान गर्न समर्पित छन्।








