होमपेज > ताप्लेजुङको पाथीभरामा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप, १३ जना घाइते

ताप्लेजुङको पाथीभरामा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप, १३ जना घाइते

बिज्ञापन
बिज्ञापन

ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबुलकारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा कम्तिमा १३ जना घाइते भएका छन्।

बिज्ञापन

बिहीबार केबुलकार निर्माणस्थलमा भएको झडपमा प्रहरीसहित कम्तिमा १३ जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार केबुलकारको विरोध गर्दै आएको पक्ष र प्रहरीबीच झडप हुँदा ११ जना प्रहरी, एकजना आन्दोलनकर्मी र एकजना सर्वसाधारण अर्थात सवारी चालक घाइते भएका छन्। प्रहरीतर्फ घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी रहेका छन्।

बिज्ञापन

केबलकार निर्माण हुँदै गरेको ताप्लेजुङको फुङलिङ– ११ स्थित पाथीभरा केबलकारको बटम स्टेशनमा बिहीबार झडप भएको हो। दिउँसो ३:१५ बजे पाथीभरा केबलकारको बटम स्टेशनमा प्रहरीले तोकेको निषेधित क्षेत्रमा घेरा तोडेर आन्दोलनकारीहरू भित्र पस्न खोज्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले स्थितिलाई नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेका छन् । अपराह्न अघि तनावग्रस्त रहेको त्यहाँको स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । ताप्लेजुङ फुङलिङ ११ काफ्लेपाटीस्थित केबलकार निर्माणस्थलको बटम स्टेशननजिक डाँडामा मुक्कुमलुङ ताःसेप चुम्भोका संस्थाहरू र अन्तरदलीय राजनैतिक पार्टीहरूको पूर्वघोषित कार्यक्रमअन्तर्गत “मुक्कुमलुङ बचाऔं पदयात्रा” आयोजना गरिएको थियो ।

बिज्ञापन

कार्यक्रममा सहभागी भइ फिर्ता हुने क्रममा पदयात्रामा सहभागी अन्दाजी ३ सय जनाको समूहले निर्माणस्थलमा कोण सभा गर्न पाउनु पर्ने माग राखी संयुक्त प्रहरी टोलीमाथि ढुङ्गा मुढा प्रहार गरेका थिए । पदयात्रीहरूले सुरक्षा घेरा तोडेर ढुङ्गा मुढा प्रहार गर्दै निर्माणस्थलभित्र प्रवेश गरेपछि स्थितिलाई नियन्त्रणमा लिन माइकिङ गरी सम्झाई बुझाई गर्दासमेत नमानेकाले लाठीचार्ज, फुङलिङ नगरपालिकाको दमकलद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते