हाल (बिहीबार साँझ) देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। साथै कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा एकरदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिज्ञापन
महाशाखाले बिहीबार साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हिउँ र पहाडी भेगमा पानी पर्ने सम्भावना छ। अनि लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ।
बिज्ञापन
कोसी प्रदेशः हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एकरदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।
मधेस प्रदेशः तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।
बिज्ञापन
बागमती प्रदेशः हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एकरदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।
गण्डकी प्रदेशः हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।
लुम्बिनी प्रदेशः पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।
कर्णाली प्रदेशः हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
सुदूरपश्चिम प्रदेशः हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ।








