होमपेज > एनसेलको दुई विशेष डेटा प्याक, अब अझै सहज र सुलभ इन्टरनेट

एनसेलको दुई विशेष डेटा प्याक, अब अझै सहज र सुलभ इन्टरनेट

बिज्ञापन
बिज्ञापन

एनसेलले बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्न आफ्ना ग्राहकहरूका लागि दुई विशेष डेटा प्याकहरू सार्वजनिक गरेको छ। ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ प्याक नाम दिइएका यी अफरहरू एनसेलको ‘सधैं अन’ रणनीतिअनुरूप ल्याइएको हो, जसले ग्राहकहरूलाई उच्च गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्ने प्रतिबद्धता दर्शाउँछ।

बिज्ञापन

एनसेलको ‘९० अनलिमिटेड’ प्याकअन्तर्गत ग्राहकहरूले मात्र रु. ९० मा दुई दिनसम्म अनलिमिटेड मोबाइल इन्टरनेटको मजा लिन सक्छन्। कामका लागि होस् वा मनोरञ्जनका लागि, फिल्म हेर्ने, गीतसंगीत सुन्ने, वा सामाजिक सञ्जाल चलाउने, कुनै पनि गतिविधिमा निर्बाध इन्टरनेट पहुँच उपलब्ध गराउने उद्देश्यले यो प्याक ल्याइएको हो। ग्राहकहरूले यो अफर १२३४# डायल गरेर वा एनसेल एपमार्फत सहजै सक्रिय गर्न सक्छन्।

बिज्ञापन

कम शुल्कमा लामो अवधिसम्म डेटा चाहने ग्राहकहरूका लागि ‘५० डेटा’ प्याक उत्कृष्ट विकल्प बन्न सक्छ। केवल रु. ५० मा १.१ जीबी डेटा उपलब्ध हुने यो प्याक तीन दिनसम्म मान्य हुनेछ। इन्टरनेट ब्राउजिङ, डिजिटल कारोबार, तथा स्पोटिफाई जस्ता प्लेटफर्महरूमा गीतसंगीत सुन्न चाहने ग्राहकहरूका लागि यो प्याक विशेष रूपमा उपयोगी छ। यो प्याक सक्रिय गर्न १२३१# डायल गर्न सकिन्छ वा एनसेल एप प्रयोग गर्न सकिन्छ।

एनसेलका यी अफरहरू विशेष गरी छोटो अवधिका लागि डेटा लिने ग्राहकहरूका लागि डिजाइन गरिएका छन्। चाहे अनलिमिटेड इन्टरनेट चाहिने होस् वा भोल्युममा आधारित डेटा प्याक, यी अफरहरूले विभिन्न आवश्यकता भएका ग्राहकहरूलाई उत्कृष्ट समाधान प्रदान गर्छन्। एनसेलले आफ्नो ग्राहकहरूलाई सहज, भरपर्दो, र किफायती इन्टरनेट सेवा प्रदान गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते