होमपेज > अस्पतालबाट डिस्चार्ज भए अर्थमन्त्री पौडेल

अस्पतालबाट डिस्चार्ज भए अर्थमन्त्री पौडेल

बिज्ञापन
बिज्ञापन

जलनबाट कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज भएका छन्। उनलाई सोमबार डिस्चार्ज गर्ने निर्णय भएको अस्पतालले जानकारी दिएको छ।

बिज्ञापन

‘गत २ दिनदेखि उपचार गराइरहनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलज्यू र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यज्यूको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी गराइन्छ। दुबै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन। यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय भएको छ,’ अस्पतालले भनेको छ।

बिज्ञापन

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको अस्पतालले जनाएको छ। उनको केही दिन थप उपचार हुने पनि अस्पतालले बताएको छ। संक्रमणको जोखिम कायमै रहेकाले भेटघाट भने बन्द गरिएको अस्पतालले बताएको छ। शनिबार पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा प्रज्ज्वलनशील पदार्थ भरिएको बेलुन बिस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य जलनमा परेका थिए। अर्थमन्त्री र मेयरको अनुहार, गर्धन, घाँटी तथा गालाको भागमा जलन भएको थियो।

कीर्तिपुर बर्न अस्पतालमो उनीहरूको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो। चिकित्सकले ४८ घन्टा निगरानीमा राख्नुपर्ने बताएका थिए। स्वासप्रस्वास प्रणालीमा कुनै असर नरहेको निष्कर्षपछि अर्थमन्त्री पौडेल डिस्चार्ज भएका हुन्।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते