नेपाली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ। आज सुन तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ पुगेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा २ हजार ७सय रुपैयाँ घटेको हो। शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो।
बिज्ञापन
यस्तै आइबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ९ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।








