मोटर बाटो खन्ने क्रममा जेसीबी डोजरले ढुङ्गा पल्टाउँदा गुल्मीमा एक बालिकाको ज्यान गएको छ।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालयका गुल्मीका अनुसार इस्मा गाउँपालिका-२ को छल्दीबाट हस्ति चौर जाने भित्री मिटर बाटो खन्ने क्रममा माथिबाट जेसीबीले ढुङ्गा खसाल्दा सोही वडा छल्दीटारका ज्ञान बहादुर कुमालकी ८ वर्षीया छोरी विष्णु कुमालको ज्यान गएको हो।
बिज्ञापन
स्कुल जान हिँडेकी बालिकाको माथिबाट खसेको ढुङ्गाले थिचेर गम्भीर घाइते भएपछि उपचारका लागि गुल्मी अस्पताल ल्याएकोमा दिउँसो डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीले जेसीबी चालक मकवानपुरको ईन्द्रचौर गाउँपालिका(४, सिस्नेरीका ३६ वर्षीय राजेश रेग्मीलाई पक्राउ गरेको छ।
स्थानीयका अनुसार जेसीबी चालकको लापरबाहीका कारण बालिकाको ज्यान जान पुगेको हो। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।








