होमपेज > बाराको सुधार केन्द्रभित्र युवकको हत्या, सात जना पक्राउ

बाराको सुधार केन्द्रभित्र युवकको हत्या, सात जना पक्राउ

बिज्ञापन
बिज्ञापन

बाराको सुधार केन्द्रभित्र एक जना युवकमाथि कुटपिट गरी हत्या भएको छ।

बिज्ञापन

शुक्रबार बिहान २ बजे कलैया उपमहानगरपालिका-१ भवानिपुरमा रहेको नवजन्म सुधार केन्द्रमा एक जना पुरूषको हत्या भएको हो। कलैया-९ रामपुर टोलका ३७ वर्षीय धिरेन्द्र भन्ने प्रदीपप्रसाद मण्डलको हत्या भएको हो।

बिज्ञापन

केन्द्रमा रहेका मानिसहरूसँग विवाद हुँदा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङले जानकारी दिए। उनी पछिल्लो १५ दिनदेखि उक्त सुधार केन्द्रमा बस्दै आएका थिए। राति कुटपिटबाट घाइते भएका उनलाई प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो। त्यहाँ जाँच गर्नेक्रममा चिकित्सकले मृत घोषणा गरेको थियो।

प्रहरीले अहिले सात जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा कलैयाका सरफराज मन्सुरी, निरज सरार्फ, महमद आशु मिँया शेख, अरूण सरार्फ, प्रमेश्वर साह, तमन्ना अली र सागर गुप्ता छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते