ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले पानीको सही सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हासिल गर्नसक्ने बताएका छन्। काठमाडौँमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पानीको सही सदुपयोगमा लाग्नु आजको आवश्यकता भएको उल्लेख गरे।
बिज्ञापन
उनले पानी दैनिक जीवनको मात्र नभई आर्थिक समृद्धिको वाहक भएको बताए। पानीको प्रयोग गरेर देशलाई समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको उनले बताए।
बिज्ञापन
ऊर्जामन्त्री खड्काले जलश्रोतहरू नेपालको संस्कृति, सभ्यता र आर्थिक विकासको मेरुदण्ड भएको जिकिर गरे। जलवायु परिवर्तनका कारण विश्व पानी चक्रमा नै परिवर्तन आएको भन्दै उनले हिमनदीहरू खुम्चिँदै जानुले हिमताल फुट्ने जोखिम वृद्धि भएको उल्लेख गरे।
मन्त्री खड्काले बेमौसमी वर्षाले कृषि क्षेत्रमा धेरै असर पुगेको र त्यसले जलश्रोत व्यवस्थापन र भविष्यको जल सुरक्षामा गम्भीर चुनौती उत्पन्न गरेको बताए। जलश्रोत रणनीतिको लागि राज्यले आवश्यक योजना बनाउन जरुरी रहेको उनको भनाइ थियो।
बिज्ञापन








