शनिबार काठमाडौंको न्यूनतम तापक्रम घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन भएको छ।
बिज्ञापन
शुक्रबार बिहानको तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको थियो। गत शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस थियो। त्यसपछि आइतबार र सोमबार ५ डिग्री सेल्सियस , मंगलबार ४.८, बुधबार ४.३, बिहीबार ४.६ र शुक्रबार ४.६ डिग्री सेल्सियस मापन भएको थियो।
बिज्ञापन
आज (शनिबार) दिउँसो काठमाडौंको मौसम मुख्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ। अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने आँकलन छ।








