नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार ७ सय सय रुपैयाँले घटेर एक लाख ६७ हजार ५ सय रुपैयाँ पुगेको छ। मंगलवार सुन एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो। महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ। मंगलवार चाँदी प्रतितोला एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।








