पोखरा महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको महानगरपालिका कार्यालयले जनाएको छ।
बिज्ञापन
मानव सेवा फाउन्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको भन्दै महानगर नगर कार्यपालिकाको माघ २० गते बसेको ४२औँ बैठकले जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय समेत रद्ध गर्न लेखी पठाउने निर्णय गरेको जनाएको छ।
बिज्ञापन
नेपाल ट्रस्टले कोटी होमका लागि उपलब्ध गराएको भनिएको लेकसाइड स्थित जग्गा सहरको अति व्यस्त स्थान, विश्व रामसार सूचीमा सूचीकृत फेवातालको किनार र कोटीहोमले भिडभाड बढ्न गई पर्यटकीय गतिविधिमा असर पर्ने हुनाले सुरक्षा संवेदनसिलतालाई मध्यनजर गरी महानगरपालिकाले सो अनुमति तत्काल रद्ध गर्न ट्रस्टलाई पत्र पठाउने निर्णय गरेको हो।
महानगरले नगर क्षेत्रमा आफ्नो अनुमतिबिना कुनै पनि व्यक्ति वा संस्थालाई कुनै प्रकारको अनुमतिरसिफारिसरसहमति नदिन समेत ट्रस्टलाई अनुरोध गरेको छ।
बिज्ञापन
साथै नगर कार्यपालिकाको बैठकले मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि समिदाका नाममा महानगरको अधिकार क्षेत्रमा रहेका र संरक्षण गरिएका सडक छेउका पुराना र ऐतिहासिक चौतारीका रुख कटान गरेकोबारे कारबाही गर्न डिभिजन बन कार्यालय कास्कीलाई समेत पत्र पठाउने निर्णय गरेको छ।
धर्मको आवरणमा विवादित कृष्णमूर्ति : पोखराका रूख मठार्न राज्य नै सहयोगी
महानगर क्षेत्रभित्र धार्मिकरसांस्कृतिक लगायतका अन्य कार्यक्रमहरू आयोजना एवं व्यवस्थापन गर्न प्रस्ताव गर्ने सम्बद्ध संस्थारव्यक्तिले नियमानुसार महानगरपालिकाबाट पूर्वस्वीकृति लिनुपर्ने र त्यस्तो स्वीकृति पोखरा महानगरपालिकाबाट एकद्धार प्रणाली मार्फत साबिकदेखि नै हुने व्यवस्था भएकाले सोही व्यवस्था अनिवार्य परिपालनाका लागि सबै वडा कार्यालयहरू, शाखारमहाशाखाहरूलाई निर्देशन समेत दिइएको छ।
बैशाख ४ गतेदेखि करिब ४ महिना पोखरा लेकसाइडमा कोटीहोम सञ्चालन गर्ने गरी मानव सेवा फाउन्डेसन नामक संस्थाले पोखराका रुखविरुवा मुठुराएको थियो। उक्त फाउन्डेसनका संस्थापक विवादित धर्मगुरु विजय कृष्णमूर्ती भनिने विजय भण्डारी हुन्। काठमाडौं पशुपतिनाथमा गत साउनमा भएको कोटीहोम महायज्ञ होस् वा त्योभन्दा अघि उनको चरित्रका कारण होस्, विजय कृष्णमूर्ती विवादमा परिरहने पात्र हुन्।
सडक तथा चौताराका रुखविरुवा ठुटै भएको र यसमा महानगरले पनि मौन स्वीकृति दिएको भन्दै चर्को आलोचना भएको थियो। तर पोखरा महानगरले भने यसबारे आफूहरुलाई जानकारी नै नभएको बताउँदै आएका थिए। यद्यपि रुखविरुवा छिमल्न वडाबाटै स्वीकृति लिएको खुलेको थियो।
नागरिक समाज तथा जनस्तरबाट चर्को आलोचना भएपछि केहीदिन अघि महानगरले संकलित काठदाउरा जफत गरेको छ।








