होमपेज > झोलुङ्गे पुलबाट भेरी नदीमा खसेर बेपत्ता: दुई मध्ये एकको शव भेटियो (अपडेट)

झोलुङ्गे पुलबाट भेरी नदीमा खसेर बेपत्ता: दुई मध्ये एकको शव भेटियो (अपडेट)

बिज्ञापन
बिज्ञापन

सुर्खेतमा निर्माणाधीन झोलुङ्गे पुलबाट भेरी नदीमा खसेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटिएको छ।

बिज्ञापन

बुधबार बिहान निर्माणाधीन पुलको लट्ठा बाँध्ने क्रममा रूकुम पूर्वका दुई जना कामदार भेरी नदीमा खसेर बेपत्ता भएका थिए। रूकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र अर्जुन झाँक्री मगर भेरी नदीमा खसेर बेपत्ता भएका हुन्। बिहीबार दिउँसो सशस्त्र प्रहरीको गोताखोर टोलीले २४ वर्षीय अनिल घर्तीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए।

बिज्ञापन

झाँक्रीको खोजी कार्य जारी रहेको उनले बताए। सुर्खेतको भेरी नदी वारिपारिका गाउँहरू बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलबाट उनीहरू खसेका थिए। बुधबार घटनाको केही समयपछि गएको सशस्त्रको गोताखोर टोलीले अबेरसम्म खोज्दा पनि फेला पार्न सकेको थिएन। बिहीबार बिहान पुनः गोताखोर टोली घटनास्थल पुगेको घटनास्थल थियो।

-यो पनि पढ्नुहोस्:

बिज्ञापन

झोलुङ्गे पुल निर्माणका क्रममा खसेर भेरी नदीमा दुई युवक बेपत्ता

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते