काठमाडौँ उपत्यकामा ३० लाख २८ हजार ३८६ जना मानिसहरू स्थायी रूपमा बस्छन्।
बिज्ञापन
तीव्र आवतजावत भइरहने हुनाले उपत्यकामा करिब ६० लाख मानिस रहेको आकलन गरिएको छ। त्यस्तोमा नागरिकको सुरक्षामा खटिने प्रहरीचाहिँ निकै थोरै रहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ। उपत्यकाको ३ जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा ११ हजार ७४९ जना प्रहरीको दरबन्दी छ। तीमध्ये १ हजार जनाको पदपूर्ति भएको छैन।
बिज्ञापन
काठमाडौँ उपत्यकामा १ जना प्रहरीले करिब २८५ जना नागरिकको सुरक्षा गर्ने जिम्मेवारी रहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालले बताए। बिहीबार उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘जनसंख्याको तुलनामा हामीसँग प्रहरी जनशक्ति निकै थोरै छ।’
सुरक्षामा खटिने प्रहरी कर्मचारीको मनोबल बढाउन जन्मदिनमा कार्यालयबाट ‘जन्मदिनको शुभकामना’ भनेर म्यासेज पठाउन थालिएको एसएसपी खनालले बताए। काठमाडौँका ३ वटा जिल्लामा लागु गर्ने गरी उपत्यका प्रहरी कार्यालयले सुरक्षित उपत्यका कार्ययोजना–२०८१ तयार गरिरहेको छ।
बिज्ञापन








