नेपाल राष्ट्र बैंकले ब्याजदर घटेको तथ्यांक सार्वजनिक गरेको छ। आइतबार बैंकले चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा आधारित रहेर सार्वजनिक गरेको रिपोर्टमा २०८१ पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ६.६५ प्रतिशत, विकास बैंकहरुको ८.६१ प्रतिशत र वित्त कम्पनीहरूको ९.५० प्रतिशत रहेको छ।
बिज्ञापन
जबकि २०८० पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.३५ प्रतिशत, विकास बैंकहरुको ११.४९ प्रतिशत र वित्त कम्पनीहरूको १२.७७ प्रतिशत रहेको थियो। यस्तै ०८१ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७५ प्रतिशत, विकास बैंकहरुको ५.५६ प्रतिशत र वित्त कम्पनीहरूको ६.६६ प्रतिशत रहेको छ। २०८० पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.३२ प्रतिशत, विकास बैंकहरुको ८.५५ प्रतिशत र वित्त कम्पनीहरूको ९.६२ प्रतिशत कायम भएको थियो।
बिज्ञापन
त्यसैगरी, २०८१ पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.६९ प्रतिशत, विकास बैंकहरुको १०.१० प्रतिशत र वित्त कम्पनीहरूको ११.१० प्रतिशत रहेको बैंकले जनाएको छ। २०८० पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ११.३८ प्रतिशत, विकास बैंकहरुको १३.१४ प्रतिशत र वित्त कम्पनीहरूको १४.०९ प्रतिशत रहेको थियो।








