वैदेशिक रोजगारीमा युके (बेलायत) पठाउने भन्दै साढे ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
बिज्ञापन
पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२ घर भएका ३२ वर्षीय मदन भण्डारी छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाखुसीबाट पक्राउ गरेको हो।
बिज्ञापन
उनले एक व्यक्तिलाई युके पठाउने भन्दै उक्त रकम ठगी गरेको आरोप छ। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ।








