होमपेज > अछाममा बाख्रा चराउन गएका २ किशोरी मृत्यु प्रकरण: यौन प्रस्ताव अस्वीकार गर्दा हत्या

अछाममा बाख्रा चराउन गएका २ किशोरी मृत्यु प्रकरण: यौन प्रस्ताव अस्वीकार गर्दा हत्या

बिज्ञापन
बिज्ञापन

अछाम जिल्लाको ढकारी गाउँपालिका-८ मा फुपूभदैनी मृत्यु प्रकरण हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले घटनालाई जघन्य हत्या भएको निष्कर्ष निकालेको हो ।

बिज्ञापन

१४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको शव माघ १२ गते ढकारी-१, छिन्नेओडार जंगलमा फेला परेको थियो। गत शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट शनिबार छिन्ने जंगलमा मृत भेटिएकी ढकारी गाउँपालिका- ८ की दुवै किशोरको ढुंगा प्रहारबाट हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ।

बिज्ञापन

घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय अछाम, केन्द्रीय अनुसन्धान ब्युरो , सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको हो। हत्या गरेको अभियोगमा ढकारी गाउँपालिका–३ तालीका दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई आज पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको हो। उनीहरूको उमेरका कारण नाम सार्वजनिक गरिएको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरीप्रसाद भण्डारीले दुई किशोरीको हत्याको प्रमुख कारण प्रेम सम्बन्ध भएको बताएका छन्। डीएसपी भण्डारीका अनुसार-सरस्वतीलाई यौन प्रस्ताव राखिएको तर उनले विवाहको शर्त अघि सारेपछि झगडा पर्दा अभियुक्तहरूले ढुंगाले हानेर उनको हत्या गरिएको अनुसन्धानबाट खुलेको छ।

बिज्ञापन

इशराले घटनाबारे घरमा जानकारी दिने भनेपछि उनलाई पनि ढुंगाले प्रहार गरी हत्या गरिएको प्रहरी निष्कर्षमा पुगेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ भने कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ।

-यो पनि पढ्नुहोस्:

अछाममा बाख्रा चराउन गोठाला गएका दुई किशोरी मृत फेला

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते