राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।
बिज्ञापन
पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले दिएको जानकारी अनुसार बैठक माघ १६ गते बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने छ। उनकै संयोजकत्वमा बस्ने बैठकमा संसद्को हिउँदे अधिवेशनको विषयमा छलफल हुनेछ। ‘बैठक बोलाएका छौँ। हिउँदे अधिवेशन तयारी बारे छलफल हुन्छ,’ उनले भने।
बिज्ञापन
पार्टी सभापति तथा दलको नेता रवि लामिछानेको अनुपस्थितिमा संसद्मा कसरी प्रस्तुत हुने, कस्ता एजेन्डा केन्द्रित हुने, सांसदको भूमिका कसरी प्रभावकारी रूपमा निभाउने जस्ता विषयमा छलफल हुने बुझिएको छ।








