होमपेज > नेपालमा बनेको हुन्डाई ‘भेन्यू ई’को बिक्री वितरण सुरु, कति पर्छ मूल्य?

नेपालमा बनेको हुन्डाई ‘भेन्यू ई’को बिक्री वितरण सुरु, कति पर्छ मूल्य?

बिज्ञापन
बिज्ञापन

नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले ‘भेन्यू ई’ भेरियन्टको उत्पादन पनि सुरु गरेको छ। कर्पोरेशनले २०२४ मे बाट Venue S र SX उत्पादन सुरु गरेको थियो। लक्ष्मी मोटर कर्पोरेशन, नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो।

बिज्ञापन

कम्पनीले नेपालमा हुन्डाई Venue को व्यवसायिक उत्पादन सुरु गरिए सँगै HYUNDAI NEPAL: MADE FOR YOUR JOURNEY क्याम्पेन पनि सुरु गरेको थियो। हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरु मार्फत बिक्री गरिसकेको जनाएको छ। हुन्डाई भेन्यू ई को प्रारम्भिक मूल्य सिमित अवधिको लागि ४०,९६,००० कायम गरिएको छ। यद्यपि यसमा हाल चलिरहेको दसैँ तिहार लक्षित योजना र थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ। हाल नेपालमा उपलब्ध ख्भलगभ का अरु भेरियन्टहरुको मूल्य Venue (S) 1.2 को ४४,९६,००० र Venue (SX) 1.2 को मूल्य ५३,५६,००० कायम गरिएको छ। कम्पनीले मेड इन नेपाल हुन्डाई Venue मा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ।

बिज्ञापन

लक्ष्मी मोटर कर्पोरेशन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा Hyundai Motor Company सँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । स्वदेशमानै उत्पादन गरी देशको औद्योगीकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ।

लक्ष्मी मोटर कर्पोरेशनले थप भेरिएन्ट तथा अरु मोडेलहरु पनि उत्पादन बढाउँदै जाने योजना रहेको जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते