नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अुनसार यो साता सुन–चाँदीको मूल्य घटबढ भइरहेको देखिन्छ। यो साता छापावाल सुन प्रतितोला ती हजार पाँच सय रूपैयाँ बढेको छ।
बिज्ञापन
आइतबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेकोमा सोमबार प्रतितोला एक सय रूपैयाँ घटेर एक लाख ५७ हजार रूपैयाँमा झर्यो। मंगलबार आउँदा सुन प्रतितोला एक हजार एक सय रूपैयाँ बढेर प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँ पुग्यो।
बिज्ञापन
बुधबार मंगलबारको तुलनामा प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेर एक लाख ६० हजार रूपैयाँमा कारोबार भयो। बिहीबार चार सय रूपैयाँ घटेर एक लाख ५९ हजार ६ सय रूपैयाँमा कारोबार भयो। शुक्रबार पनि बिहीबारको तुलनामा प्रतितोला एक हजार रूपैयाँ बढेर एक लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदी पनि यो साता प्रतितोला २० रूपैयाँले बढेको महासंघको तथ्यांकले देखाएको छ।








