बुढानीलकण्ठका एक पुरुष दुई सातादेखि सम्पर्कविहीन छन्।
बिज्ञापन
बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल निवासी ४० वर्षीय पवन थापा गत पुस २५ गतेदेखि सम्पर्कविहीन रहेको पारिवारिक स्रोतले बताएको छ। गहुँगोर वर्ण, ५.५ फिट अग्ला पवन अन्तिम पटक तारेभीर रिसोर्टमा देखिएका थिए।
बिज्ञापन
कालो र हरियो ज्याकेट तथा खैरो ट्राउजर लगाएका उनी सो रिसोर्टमा स्कुटर पार्क गरेर तलतिर लागेको सीसीटीभी फुटेजमा देखिन्छ। साथै, उनले केही सामान पर्खालबाट तल फालेको र पछि तल गएर सो सामान टिपेको पनि देखिन्छ।
परिवारकाअनुसार पवनसँग मोबाइल मात्र रहेको र उक्त मोबाइल अन्तिम पटक तारेभीर क्षेत्रमा पुस २५ गते दिउँसो १ बजेतिर स्वीच अफ भएको थियो।
बिज्ञापन
उनलाई कसैले देखे नजिकको प्रहरी कार्यालयमा अथवा ९८६०९६८२५३, ९८४९१६०३९९, ९८४०४५०२२२ सम्पर्क गरी जानकारी गराउन परिवारले आग्रह गरेको छ।








