होमपेज > हर्क साम्पाङको गुनासो: प्रधानमन्त्री र मन्त्रीका स्वकीय अधिकारीले फोन उठाइदिएनन्

हर्क साम्पाङको गुनासो: प्रधानमन्त्री र मन्त्रीका स्वकीय अधिकारीले फोन उठाइदिएनन्

बिज्ञापन
बिज्ञापन

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरुका स्वकीय सचिवसहितका सम्बन्धित अधिकारीले फोन नउठाइदिँदा समस्या भएको बताएका छन्। उनले फोन नउठेकै कारण समस्या भएको उनको भनाइ छ।

बिज्ञापन

धरानमा खानेपानीको व्यवस्थाका लागि बजेट सुनिश्चितताको मागसहित रित्तो गाग्रीसहित मंगलबार सिंहदरबार पुगेका साम्पाङले भने, ‘स्वकीय सचिवले फोन उठाइदिए र भेट्न टाइम मिलाइदिए हुन्थ्यो। मलाई त समस्या भयो भने सर्वसाधारणलाई के होला।’

बिज्ञापन

उनले अर्थमन्त्री विष्णु पौडेललाई भेट्न आफूले झन्डै दुई घण्टा कुरेको बताउँदै फोन नउठेकै कारण पहिला समन्वय हुन नसकेको बताए। साम्पाङले अर्थका साथै खानेपानीमन्त्रीलाई समेत भेटेर आफ्नो मागबारे अवगत गराएका छन्।

यस्तै आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफूले आफ्नो मागसम्बन्धी पत्र हस्तान्तरण गर्ने पनि अर्थमन्त्रीलाई भेटेपछि सञ्चारकर्मीलाई बताए। भेटका क्रममा अर्थमन्त्री विष्णु पौडेलले धरानको खानेपानी समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएको साम्पाङले बताए। उनका अनुसार उक्त खानेपानी आयोजनाका लागि ५ अर्ब ७२ करोड लाग्ने देखिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते