एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयर बाँडफाँट सम्पन्न गरेको छ।
बिज्ञापन
कम्पनीले गत मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म १०ः५।२५६ अनुपातमा प्रतिकित्ता १०० रुपियाँका दरले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद बिक्री खुला गरेको थियो।
बिज्ञापन
यसरी रीतपूर्वक आवेदन दिएका शेयरधनीलाई ९३ लाख १० हजार ६८७ कित्ता हकप्रद माघ ६ गते बाँडफाँट गरिएको हो । कम्पनीको बिक्री नभएको ३ लाख २० हजार ५३३.२२ कित्ता हकप्रद लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याउनेछ।
कम्पनीको हकप्रदमा कात्तिक २६ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।







