होमपेज > यी तीन वाणिज्य बैङ्क परे राष्ट्र बैङ्कको कारबाहीमा

यी तीन वाणिज्य बैङ्क परे राष्ट्र बैङ्कको कारबाहीमा

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्ममा एनआईसी एसिया, प्रभु र हिमालयन गरेर तीन वाणिज्य बैङ्क राष्ट्र बैङ्कको कारबाहीमा परेका छन्। केन्द्रीय बैङ्कले नियामकीय व्यवस्था उल्लङ्घन गरेको भन्दै तीन बैङ्कलाई कारबाही गरेको हो।

बिज्ञापन

सोमबार सार्वजनिक तथ्याङ्कअनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कहरूमध्ये प्रभुले सबैभन्दा बढी नाफा कमाएको थियो। यद्यपि, सोही अवधिमा प्रभु बैङ्कले राष्ट्र बैङ्कको नियम उल्लङ्घन गरेको भन्दै कारबाहीमा परेको छ।

बिज्ञापन

राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को देहाय बमोजिमका विभिन्न दफाहरूको पालना नगरेकाले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैङ्क लिमिटेडको सञ्चालक समिति र नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई सचेत गराएको छ।

त्यस्तै, राष्ट्र बैङ्कले एकीकृत निर्देशन २०८० निर्देशन नं. २ को बुँदा नं. १ (ख) बमोजिम कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरूको पालना नगरेकोले हिमालयन बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक राणालाई नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम सचेत गराएको छ। त्यसैगरी, राष्ट्र बैङ्कले एनआईसी एशिया बैङ्क लिमिटेडका सञ्चालक समिति सदस्य र बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई चेतावनी दिएको छ।

बिज्ञापन

बैङ्कका सञ्चालक, निजहरूका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरूलाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, बैङ्कका सञ्चालक, निजहरूका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरूको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा यस बैङ्कको निर्देशन बमोजिम बढी प्रदान भएको ब्याज रकम फिर्ता गराएको छ।

सोमबार सार्वजनिक तथ्याङ्कअनुसार एनआईसी एशिया बैङ्क नाफा कमाउन नसक्नेको पहिलो सूचीमा देखिन् ।

वाणिज्य बैङ्कको छ महिना : प्रभुले धेरै नाफा बढायो, एनआईसीको ९२ प्रतिशतले घट्यो

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते