नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनको देवघाट पुगेका छन्।
बिज्ञापन
आज बिहानै उनी देवघाट पुगेर योगी नरहरिनाथको तपस्थली अवलोकन गरेका हुन्। योगी नरहरिनाथवेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकान्ड विद्वान् एवं आजीवन अन्वेषकका रूपमा चिनिन्छन्।
बिज्ञापन

संस्कृत, हिन्दी र नेपाली भाषामा रचित योगी नरहरिनाथका कृतिहरू प्रकाशित छन् भने धेरैजसो अप्रकाशित छन्। उनले यो कुटीमा बसेर पनि केही रचना गरेको पढ्न पाइन् ।
बिज्ञापन
प्रचण्ड सोमबार गोरखा पुगेका थिए। उनी त्यहाँबाट फर्किने क्रममा बिहानै देवघाट पुगेका हुन्।








