होमपेज > सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त

बिज्ञापन
बिज्ञापन

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त हुन सफल भएका छन् । राष्ट्रिय बाणिज्य बैंकमा लामो समय काम गरेका उनलाई कोष सञ्चालक समितिले सोमबार चार बर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

बिज्ञापन

अधिकारी राष्ट्रिय बाणिज्य बैंकको उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)बाट केही महिनाअघि अवकाश पाएका व्यक्ति हुन् । कोषका यसअघिका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीको कार्यकाल सक्किन लागेपछि सरकारले सो पदमा नयाँ नियुक्तिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हुमबहादुर केसीको संयोजकत्वमा सिफारिस उपसमिति गठन गरेको थियो ।

बिज्ञापन

उपसमितिले तीन जनाको नाम सिफारिस गरेकोमा सञ्चालक समितिले अधिकारीलाई छानेको हो । उपसमितिमा रोजगारदाताका तर्फबाट गोकुल भण्डारी र ट्रेड युनियनका तर्फबाट सुनिता थापा सदस्य थिए । उपसमितिले कविराज अधिकारी, अशोक पौडेल र लीलाराज ढकाललाई सिफारिस गरेको थियो ।

प्रतिस्पर्धामा रहेका अरु ११ जनालाई पन्छाउँदै चार्टर्ड एकाउन्टेन्ट अधिकारी कार्यकारी निर्देशक बनेका हुन् । श्रमिकहरुको सामाजिक सुरक्षाका लागि गठन भएको कोषमा सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको सहमति र प्रतिनिधित्वमा काम हुन्छ । कोषले पछिल्लो समयमा आफ्नो दायरा विस्तार गर्दै लगेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते