हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
बिज्ञापन
हिमालय लाइफको शुक्रबार बसेको संचालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४ प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार रुपैयाँ बराबरको बोनस शेयर दिने निर्णय गरेको छ।
बिज्ञापन
बोनस शेयरमा लाग्ने कर बापतको रकम भने स्वयं शेयरधनीहरुले भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ। हिमालयन लाइफको शेयर मुल्य अहिले ४६२ रहेको छ ।







