नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
बिज्ञापन
सुन आज तोलामा ८ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
यस्तै, आज चाँदी पनि तोलामा ३० रुपैयाँले घटेको छ। आज चाँदी १ हजार ८ सय ६०रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला १ हजार ८ सय ९० रुपैयाँ कारोबार भएको थियो।








