एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको ६९४औँ बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृत गरेको छ।
बिज्ञापन
बैंकले स्वीकृत गरेको विवरण अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णयसमेत गरेको छ। बैठकले आव २०८०/८१ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। साथै नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपश्चात् बैंकको २७औँ वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको ।
बिज्ञापन








