होमपेज > आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले पायो अनुमति

आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले पायो अनुमति

बिज्ञापन
बिज्ञापन

अभद्र व्यवहार कसुरमा पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

बिज्ञापन

बुधबार दिउँसो स्वयम्भू प्रहरीले पक्राउ गरी तामाङलाई गौशाला वृत्त पठाएको थियो। तामाङविरूद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप भएको प्रहरी वृत्त गौशालाले जनाएको छ। गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा अनुसन्धान गर्न तामाङलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।

बिज्ञापन

तामाङविरंद्ध प्रहरीले पुस २८ गते नै अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो। जिल्ला प्रशासनको अनुमतिले बुधबार तामाङलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

उनले आफूलाई सामाजिक अभियन्ता भन्दै फेसबुकलगायत सामाजिक सञ्जालमा भिडिओहरू पनि पोस्ट गर्ने गरेकी छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते